–२० च्याम्पियनसिप आजदेखि, उत्कृष्ट शुरुवात गर्ने योजनामा टिम नेपाल

  • भदौ ०२, २०८१

काठमाडौं । आजदेखि शुरु हुन गईरहेको साफ यु–२० च्याम्पियनसिपको उद्घाटन खेलमा समूह ए तर्फका दुई टोली आयोजक नेपाल र श्रीलंका भिड्दै छन् । जुन खेल ३ बजेदेखि सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शुरु हुनेछ ।

प्रतियोगितामा नेपाललाई पनि दावेदार मध्ये एकका रुपमा हेरिएको छ । घरेलु मैदान र समर्थकको साथ पाउने नेपाल उत्साहित र आत्मविश्वासी पनि छ । टिम नेपालले राम्रो तयारी समेत गरेको बताउँदै प्रशिक्षक उर्जन श्रेष्ठको घरेलु मैदान मै उपाधि जित्ने दावी योजना समेत बुनेका छन् ।

दुई वर्ष अघि भारतमा सम्पन्न पछिल्लो संस्करणमा नेपाल र श्रीलंका भिड्दा, सो खेलमा नेपालले ३–० को प्रभावशाली जित निकालेको थियो । त्यसो त सिनियरदेखि उमेर समूहमा पछिल्लो समय श्रीलंकामाथि नेपाल नै हावी भएको उदाहरण पनि छ । यद्यपि नेपालले कुनै पनि प्रतिद्वन्द्वीलाई हलुका रुपमा लिन नहुने धेरैको बुझाई छ ।

नेपाल कै समूहमा बंगलादेश पनि छ । बंगलादेश गत संस्करणको उपविजेता पनि हो । त्यस्तै समूह ए मा साविक विजेता भारतसँगै भुटान र माल्दिभ्स रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रकाशक:

स्मार्ट मल्टीपर्पोज कम्पनी प्रा.लि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१

ईमेलः smartsanchar78@gmail.com

सूचना विभाग दर्ता नं. ३२२१/२०७८-०७९

संचालक: सबिन गोदार

हाम्रो बारेमा:

सम्पादकः हिम प्रसाद सुवेदी

सह-सम्पादक / व्यवस्थापक : पुजन थापा

बिज्ञापनको लागि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१