मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौँ । काठमाडौँको चाबहिल र स्वयम्भूबाटबाट मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई बुधबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएकोनुवाकोट घर भई हाल काठमाडौँको चाबहिल बस्ने २८ वर्षीय सन्तोष फुयाँल र मकवानपुर घर भई हाल स्वयम्भू बस्ने ३० वर्षीय सूर्य बहादुर स्याङ्तानलाई चाबहिलबाट तथा पर्सा घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३५ वर्षीय अजय शर्मालाई स्वयम्भूबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
सेयर बजारमा पहिरो, इन्डेक्स २७ सयमा झर्याे नेपाल प्रेस
२८९९.९८ विन्दुबाट आजको कारोबार शुरु भएको थियो । बन्द हुने बेलासम्म २७८२.६० बिन्दुमा पुगेको छ । आज १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजार १११.९६ अंकले घटेको हो ।
आइतबार पनि सेयर बजार प्रभावित भएको थियो । नेप्से सूचक ७९.८८ विन्दुले घटेर २८९४.५७ अंकमा आएर अडिएको थियो । अल्पकालीन कारोबारीले नाफा बुक गर्दा बजारमा बिक्री दबाब परेको अनुमान गरिएको छ ।
घटेको बजारमा तारगाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त वित्तिय संस्था र दोल्ती पावर कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । ३३० कम्पनी सामेल भएको आजको कारोबारमा ४ करोड ३८ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्रि भएको छ ।
प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती : २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्नुस्
११ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्न चुनौती दिएका छन् ।
प्रनितिधिसभामा विशेष समय लिएर बोलेका माओवादी अध्यक्ष प्रचण्डले बोलेका हुन् ।आफ्नो चाहे जस्तो निर्णय गर्न नसकेपछि प्रधानमन्त्री फेसबुकमा प्रकट भएको भन्दै उनले भने, ‘प्रधानमन्त्रीको नियत सही छ भने फेसबुकमा होइन, अबको क्याविनेटमा आओस् र पास होस् बाइस अर्बको प्रस्ताव । प्रमुख प्रतिपक्षी दलको यही रोस्टमबाटै समर्थन छ ।’उनले अगाडि भने, ‘यदि अबको क्याबिनेटमा २२ अर्बको प्रस्ताव आएन भने देशले अझ राम्ररी बुझ्नेछ, प्रधानमन्त्रीको नियत ।’
सहकारी संस्था समुदाय लक्षित हुनुपर्छ : प्रमुख दाहाल
‘अहिले सहकारीमा समस्या देखिएको छ, उनले भनिन्, ‘सबै सहकारीहरुले मर्म विपरित काम गरेका छैनन्। यही समयमा राम्रो पनि सहकारी छन् भन्ने सन्देश दिन आवश्यक छ।’
प्रमुख दाहालले कृषिको क्षेत्रमा महानगरले धेरै काम गर्दै आएको र यस वर्ष सिँचाईको क्षेत्रमा काम गर्न लागेको बताइन्।
नारायणी लिफ्ट सिँचाईलाई हिउँदमा पनि सञ्चालन गर्ने गरी बजेट विनियोजना गरिएकाले अब थप काम अघि बढ्ने उनको भनाइ थियो।
यस्तै महानगरका उपप्रमुख चित्रसेन अधिकारीले सहकारीको जननी जिल्ला भरतपुरले सहकारी र समुदायसँगको सहकार्यको सन्देश देशभर प्रवाह गर्नुपर्ने उल्लेख गरे।
सहकारी आर्थिक विकासको मेरुदण्ड भएकाले यसलाई जगदेखि नै बलियो राख्ने कार्य सबैको भएको उनको भनाइ थियो।
सहकारीले सञ्चालन गरेको खाद्य उद्योगको मिलमा धान निःशुल्क रुपमा कुटाइने जनाइएको छ। ढुटो छोड्दा प्रतिकेजी एक रुपैयाँका दरले रकम फिर्ता गर्ने गरेको छ। अन्य खाद्यान्न कुटनी र पिसनीमा पनि स्थानीय मिलमा भन्दा कम दररेट कायम गरिएको छ।
त्यस्तै तोरी पेल्दा पिना छोड्नेलाई प्रतिकेजी पाँच रुपैयाँ दिने र पिना लानेलाई प्रतिकेजी ८ रुपैयाँ लिने गरेको सो संस्थाको दररेटमा उल्लेख गरिएको छ। तोरीको तेल, पिना र अन्य खाद्यान्न किन्दा पनि अन्य स्थानीय मिल र पसलमा भन्दा सस्तोमा किन्न पाइन्छ। तोरी तेल प्रति लिटर ३ सय ४०, धानको ढुटो प्रतिकेजी ३५ रुपैयाँमा विक्री वितरण गरिएको सहकारीका अध्यक्ष वेदप्रसाद सापकोटाले बताए।
संस्थाका सदस्यलाई पिना प्रतिकेजी ३५ रुपैयाँ, गैर सदस्यलाई ३८ रुपैयाँमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । एक पटकमा ५० केजीसम्म पिना किन्न पाइन्छ ।
सहकारीले सञ्चालन गरेको मिलमा कुटनी, पिसनी र पेलानी लगायत खाद्यान्न किन्दा सस्तो र भरपर्दो भएपछि स्थानीयको आर्कषण बढेको छ ।
मेयर बालेनको अनुरोध : अदालतको आदेशलाई महानगरको निर्देशन भनेर भ्रम नछर्नुहोला
काठमाडौँ / काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अदालतको आदेशलाई महानगरको निर्णय भनेर भ्रम नछर्न अनुरोध गरेका छन्।
आज मात्रै नेकपा एमालेको एक टोलीले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर अदालतको आदेशबारे ध्यानाकर्षण बुझाएको थियो।
मेयर बालेनले त्यही घटनालाई इंकित गर्दै सामाजिक सञ्जालमार्फत भ्रम छरेको बताएका हुन्।
एमालेले अदालतका कारण काठमाडौँका नदीमा दायाँबायाँ छोड्न निर्धारण गरिएको भन्दा अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने अदालती निर्णयको पुनरावलोकन गर्न ओलीसँग अनुरोध गरेको थियो।
‘सर्वोच्च अदालतको आदेश आए पछि हामी काठमाडौँ महानगरले सो आदेशलाई सुचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचा को २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ। त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन।’ बालेनले भनेका छन्,’कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन आफ्नो कान छाम्ने हो।’
मेयर शाहको स्ट्याटस जस्ताको त्यस्तै,
कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन आफ्नो कान छाम्ने हो ।
सर्वोच्च अदालतको आदेश आए पछि हामी काठमाडौँ महानगरले सो आदेशलाई सुचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचा को २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ। त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन । अदालतको आदेश अनुसार जनताले आफ्नो जग्गा उपभोग गर्न बाट रोकेको छैन भने नेपाल सरकारले चाहेमा मुआब्जा दिएरमात्र जग्गा अधिग्रहण गर्न सक्ने छ ।
अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरुले जनता माझ भ्रम नछर्नु होला ।
सहकारी पीडित चतुर्वेदी मृत भेटिए, २५ लाख बचत फिर्ता नपाउँदा आत्महत्याको आशंका
काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सहकारी पीडित आमोद चतुर्वेदी मृत भेटिएका छन् ।
मोरङको विराटनगर घर भएका शनिबार राति अत्तरखेलस्थित डेरामा झुन्डिएको अवस्थामा भेटिएको प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक राजु पाण्डेले राससलाई जानकारी दिए ।
मृतक चतुर्वेदी गोकर्णेश्वर–८ अत्तरखेलस्थित कान्ति भैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पैसा जम्मा गरेका बचतकर्ता हुन् । बचत फिर्ता नपाउँदा उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशङ्का छ । उनको शव परीक्षण गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ । चतुर्वेदी मृत भेटिएको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए ।
चतुर्वेदी गोकर्णेश्वर–८ स्थित नेपाल मेडिकल कलेजमा कार्यरत थिए । उनले त्यहीँ रहेको कान्ति भैरव सहकारीमा पैसा जम्मा गर्ने गरेको बताइएको छ । चतुर्वेदीले सहकारीमा जम्मा गरिएको बचत रकम लिन दुई वर्षदेखि धाउँदै आएका कान्ति भैरव पीडित संघर्ष समितिका सदस्य राजेशकुमार विष्टले जानकारी दिए ।
“उनले खुट्टा भाँचिएका कारण सहकारीबाट बचत फिर्ता लिन सहकारी धाउने गरेका थिए, उपचार गर्न नपाउँदा चतुर्वेदी तनावमा थिए”, उनले भने ।
चतुर्वेदीले उक्त सहकारीमा रु २५ लाख बचत गरेको र सो बचत रकम फिर्ता नपाएका कारण बिरामी श्रीमती र छोरीको उपचार गर्न नपाएको पीडित संघर्ष समितिका पदाधिकारीसँग गुनासो गर्दैआएका सदस्य विष्टले बताए ।
रविको केसमा जोडिएपछि मेरो जिन्दगी डामाडोल भयाे :सुप्रिम सहकारीकी कर्मचारी
काठमाडाैँ,९ भदौ: सुप्रिम सहकारीकी कर्मचारी रोशनी गुरुङले रास्वपाका सभापति रबि लामिछानेसँग नाम जोडिएपछि आफू बर्वाद बनेको बताएकी छन् ।
एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको सहकारी छानविन संसदीय समितिमा बयान दिन पुगेकीगुरुङले यस्तो बताएकी हुन। गुरुङ सहकारी ठगी प्रकरणमा जेलमा रहेकी छन् ।
समितिमा बयान दिने क्रममा सुप्रिम सहकारीका कर्मचारी गुरुङले आफूलाई व्यवस्थापकले फसाएको र‘डकुमेन्ट बिनै रवि लामिछानेको नाममा चेक साट्नाले आफ्नो जिन्दगी नै बरबाद भयो,’ बयानमा गुरुङले भनेकी छन्, ‘रविको केसमा जोडिएपछि मेरो जिन्दगी डामाडोल भएको छ । मेरो जिन्दगी बिग्रियो ।’
उहाँले बयानको क्रममा आफूले सहकारीका ब्यवस्थापकले अह्राएको काम गर्दा फसेको पनि बताएकी छन् ।‘रविको नाममा डकुमेन्ट नहुँदा पनि भौचर कसरी साट्ने भनेर मैले भने । तर मलाई व्यवस्थापकले जे अह्राएको छ, त्यो गरेर ल्याउनु भनेपछि म कामदारको हैसियतमा चेक साट्न गएको हो‚’ गुरुङको भनाई उद्धृत गर्दै समितिका एक सदस्यले भने ।
- बयानकै क्रममा आँसु झर्दै डाँको छाडेर रुएकी गुरुङले एक वर्षदेखि आफू तलब नपाएको र जागिरविहीन भएको दुखेसो समेत गरिन्।
एमालेले केन्द्रीय कार्यालयको बैठक बस्दै
महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका लागि एजेन्डा तय गर्ने बताइएको छ। पार्टीको सचिवालय बैठक मंगलबार बस्ने तयारी छ।
मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना
काठमाडौँ । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटनामा परेको छ । महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि भरतपुर लगिएको छ । बसमा आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको हाे।