अस्ट्रेलियाका वैज्ञानिकहरु दाबी आँखा हेरेरै मृत्युको भविष्यवाणी गर्न सकिन्छ

  • BY BISHESHPATI NEWS
  • माघ ११, २०७८

एजेन्सी । के तपाईले कसैको मृत्युबारे भविष्यबाणी गर्नु भएको छ रु सर्वसाधारणका लागि निश्चिय पनि यो जटिल कार्य हो । तर, वैज्ञानिकहरुले भने मानिसको आँखा हेरेर उसको मृत्युको भविष्यवाणी गर्न सकिने बताएका छन् ।

अस्ट्रेलियाका अनुसन्धानकर्ताहरुले एउटा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० कार्यक्रम बनाउन सफल गरेका छन्, जसका माध्यमबाट मानिसहरुको रेटिना हेरेर आयु भविष्यवाणी गर्न सकिन्छ ।

यस्तो भविष्यवाणी रेटिनाको अध्ययनमा आधारित छ । यो अध्ययन कुनै पनि व्यक्तिको स्वास्थ्यबारे गहिरो अध्ययन गर्न चिकित्सकलाई ‘झ्याल’ को काम गर्ने दाबी गरिएको छ ।

१९ हजार जनाको नेत्र कोषको अध्ययनपछि एआईले रेटिनाको आयु ९रेटिन एज० भविष्यवाणी गर्न सफल भएको मेलबर्ननको सेन्टर फर आई रिसर्चले दाबी गरेको छ ।

‘मृत्युको बढ्दो जोखिमसँग सम्बन्धित स्नायु रोग र भास्कुलर प्रणालीको रोगविज्ञान प्रक्रियाको अध्ययन गर्न रेटिनाको अध्ययनले अद्दितीय पहुँच प्रदान गरेको छ,’ अध्ययनका लेखक तथा युनिभर्सिटी अफ मेलबर्न एन्ड सेन्टर फर आई रिसर्चका प्राध्यापक डा। मिङगुाअङले भने ।

अध्ययनमा युके बायोबैंकमा सहभागी ४० देखि ६९ वर्ष उमेर समूहका एक लाख ३० हजार मानिसहरुको रेटिनाको नमुना अध्ययन गरिएको थियो ।

प्रकाशक:

स्मार्ट मल्टीपर्पोज कम्पनी प्रा.लि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१

ईमेलः smartsanchar78@gmail.com

सूचना विभाग दर्ता नं. ३२२१/२०७८-०७९

संचालक: सबिन गोदार

हाम्रो बारेमा:

सम्पादकः हिम प्रसाद सुवेदी

सह-सम्पादक / व्यवस्थापक : पुजन थापा

बिज्ञापनको लागि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१