कर्णालीका मुख्यमन्त्रीको सम्पत्तिः काठमाडौंसहित पाँच ठाउँमा घरजग्गा, झण्डै करोडको कार

  • BY BISHESHPATI NEWS
  • माघ ११, २०७८

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफनो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार मुख्यमन्त्री शाहीले काठमाण्डौमा घरजग्गादेखि झण्डै करोडको कार रहेको उल्लेख गरेका छन् । गत कात्तिक १६ गते नियुक्त भएका मुख्यमन्त्री शाहीले सोमबार आफ्नो सम्पत्ति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका हुन् ।

मुख्यमन्त्री शाहीले आफनो र श्रीमती बसन्ती कुमारी शाहीको नाममा विभिन्न ठाउँमा घरजग्गा, सुनचाँदी र शेर लागानी रहेको विवरण पेश गरेका छन् । उनले बैंकबाट ऋण लिएको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

व्यापार, जागिर र पुर्ख्‍यौली सम्पत्तिबाट प्राप्त गरी शाहीसँग ५६ तोला सुन, २ किलो चाँदी र तीन लाख बराबरको रप, औठी र नवरत्न सम्पत्ति छ । ९५ लाखको कार पनि रहेको उल्लेख गरेका छन् । व्यवसाय र जागिरबाट कार किनेको उल्लेख गरेका छन् ।

शाहीले पेश गरेको सम्पति विवरण अनुसार आफू र श्रीमतीको नाममा हुम्ला दुई र काठमाण्डौंमा एक गरी तीनवटा घर, हुम्ला, बाँके र काठमाडौंमा गरी पाँच ठाउँमा जग्गा रहेको उल्लेख गरिएको छ ।

प्रकाशक:

स्मार्ट मल्टीपर्पोज कम्पनी प्रा.लि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१

ईमेलः smartsanchar78@gmail.com

सूचना विभाग दर्ता नं. ३२२१/२०७८-०७९

संचालक: सबिन गोदार

हाम्रो बारेमा:

सम्पादकः हिम प्रसाद सुवेदी

सह-सम्पादक / व्यवस्थापक : पुजन थापा

बिज्ञापनको लागि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१