चावहिलमा सार्न मिल्ने २ वटा आकाशे पुल शिलान्यास

  • BY BISHESHPATI NEWS
  • माघ ०९, २०७८

काठमाडौं । चावहिलको चोक र मित्र पार्क गरी २ ठाउँमा आइतबार आकाशे पुलको शिलान्यास भएको छ । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र वडाध्यक्ष शुद्धकुमार डंगोलले पुलको शिलान्यास गरेका हुन् ।

चावहिल चोकमा ३३ मिटर लम्बाई र २ मिटर चौडाईको र मित्रपार्कमा १६ मिटर लम्बाई र २ मिटर चौडाइको आकाशे पुल निर्माण हुनेछ ।

शिलान्यासपछि मेयर शाक्यले पैदल यात्रुको भीड र दुर्घटना भइरहने ठाउँलाई प्राथमिकतामा राखेर आकाशे पुल निर्माण भइरहेको बताए ।

‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र ट्राफिक जामको समस्या धेरै छ । सडक फराकिलो भएर पनि चावहिलमा सवारीको अधिक चाप छ । आकाशे पुल निर्माण भएपछि पैदल यात्रुको यात्रा सुरक्षामा टेवा पुग्नेछ’ उनले भने ।

चावहिल क्षेत्रमा यातायात चाप व्यवस्थापन र पैदलयात्रीको सुरक्षा जटिल छ । वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोलले जति बेला पनि सडकमा सवारी गुडिरहनु पर्ने र यात्रुहरूलाई सडक पार गर्नुपर्ने ठाउँ छानेर आकाशे पुल निर्माण गर्नं लागिएको बताए ।

आकाशे पुल बनाएपछि सबैलाई हिँड्न सजिलो हुने र यसमा पनि बालबालिका, जेष्ठ नागरिक र स्कूल कलेजका विद्यार्थीहरूलाई धेरै राहत हुने वडाध्यक्ष डंगोलको भनाइ छ।

इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार चावहिल र मित्रपार्कमा निर्माण हुने २ वटा आकाशे पुलको लागत भ्याटसहित १ करोड ३० लाख ४२ हजार रुपैयाँ हो ।

प्रकाशक:

स्मार्ट मल्टीपर्पोज कम्पनी प्रा.लि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१

ईमेलः smartsanchar78@gmail.com

सूचना विभाग दर्ता नं. ३२२१/२०७८-०७९

संचालक: सबिन गोदार

हाम्रो बारेमा:

सम्पादकः हिम प्रसाद सुवेदी

सह-सम्पादक / व्यवस्थापक : पुजन थापा

बिज्ञापनको लागि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१