काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणाली कार्यान्वयनमा कडाई

  • BY BISHESHPATI NEWS
  • माघ ०९, २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा जोर–बिजोर प्रणाली कार्यान्वयनका लागि कडाई गरिएको छ ।उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले जोर–बिजोर प्रणाली लागू गरेसँगै विभिन्न क्षेत्रमा ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको हो । प्रहरीले नियम उलंघन गरेर चलाइएका सवारी साधानलाई होल्डमा राख्ने गरेको छ ।

जोर–विजोरको नियम सार्वजनिक यातायातसहित निजी सवारी साधन र दुई पांग्रे सवारी साधनमा समेत लागू गरिएको छ । निकै संक्रामक मानिएको कोरोना भाइरस फैलिएसँगै प्रशासनले यसअघि भीडभाड हुने गतिविधिमा समेत रोक लगाइसकेको छ ।माघ ७ गतेबाटै सार्वजनिक स्थल र सार्वजनिक निकायमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गर्ने निर्णय भइसकेको छ ।

प्रकाशक:

स्मार्ट मल्टीपर्पोज कम्पनी प्रा.लि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१

ईमेलः smartsanchar78@gmail.com

सूचना विभाग दर्ता नं. ३२२१/२०७८-०७९

संचालक: सबिन गोदार

हाम्रो बारेमा:

सम्पादकः हिम प्रसाद सुवेदी

सह-सम्पादक / व्यवस्थापक : पुजन थापा

बिज्ञापनको लागि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१