काठमाडौं । भारतीय खेलाडी (ओपनर) केएल राहुल इन्डियन प्रिमियर लिग (आईपीएल)को सबैभन्दा महँगो खेलाडी बनेका छन् ।
अहिले दक्षिण अफ्रिका भ्रमणमा रहेको वानडे सिरिजको कप्तानी सम्हालिरहेका उनलाई आईपीएलको नयाँ फ्रेन्चाइजी लखनउले १७ करोड भारुमा अनुबन्ध गरेको हो । आईपीएल २०२२ मा कुनै पनि खेलाडीले पाउने यो रकम सर्वाधिक हो ।
केएल प्रख्यात ब्याट्सम्यान हुन् । यसअघि २०१८ देखि २०२१ सम्म रोयल च्यालेन्जर्स बेंगलोरले विराट कोहलीसँग १७ करोडमा अनुबन्ध गरेको थियो ।
लखनउ फ्रेन्चाइजीले केएलपछि अस्ट्रेलियाली खेलाडी अलराउन्डर मार्कोस स्टोइनिसलाई ९.२ करोड र रवि बिस्नोईलाई चार करोडमा टिममा सामेल गरेको छ ।
यी तीन खेलाडीलाई टिममा अनुबन्ध गरिसकेपछि पनि लखनउ फ्रेन्चाइजीसँग खेलाडी किन्न ५९ करोड बाँकी रहेको बताइएको छ । आईपीएलको १५औं संस्करणमा आठबाट बढेर १० टिम हुने छन् ।
लखनउ फ्रेन्चाइजीले आफ्नो टिमको मेन्टरमा गौतम गम्भीरलाई अघि सारेको छ । टिम कोच भने एन्डी फ्लावर रहेका छन् । गौतम गम्भीर टिम इन्डियाका पूर्वओपनरका साथै कोलकाता नाइट राइडर्स (केकेआर)लाई दुई पटक आईपीएल च्याम्पियन बनाउने खेलाडी हुन् ।
पाँच पटक आईपीएल च्याम्पियन बनिसकेको मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले अहिले (२०२२)मा १६ करोड पाउने छन् भने कोहलीलाई आरसीबीले १५ करोडमा टिममा टिकाइराखेको छ । कोहली आरसीबीमा हालका सबैभन्दा महँगा खेलाडी हुन् ।
सर्वाधिक तलब लिने केएल राहुलले आईपीएलका २७ म्याचमा कप्तानी सम्हालिसकेका छन् । त्यसमध्ये ११ म्याचमा जित र १४ मा हार बेहोरिसकेका छन् । जितको प्रतिशत ४४.४४ रहेको छ । केएल यसअघि पन्जाब किङ्समा थिए, उनले सबैभन्दा बढी रन बटुलेका थिए । पछिल्लो समय आईपीएलमा ब्याट्सम्यानका रुपमा केएल सर्वाधिक सफल र चर्चित खेलाडी हुन् । रासस
प्रकाशक:
स्मार्ट मल्टीपर्पोज कम्पनी प्रा.लि
फोन :- ०५६५१५८५३
मोबाइल नं. : ९८४३६२३६४१
ईमेलः smartsanchar78@gmail.com
सूचना विभाग दर्ता नं. ३२२१/२०७८-०७९
संचालक: सबिन गोदार
हाम्रो बारेमा:
सम्पादकः हिम प्रसाद सुवेदी
सह-सम्पादक / व्यवस्थापक : पुजन थापा
बिज्ञापनको लागि
फोन :- ०५६५१५८५३
मोबाइल नं. : ९८४३६२३६४१