प्रचण्डको गुनासो: “युद्द लडेको र त्याग गरेको नदेख्ने अनि परिवारवादको आरोप लगाउने”

  • भदौ २३, २०७७

२३ भाद्र, काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि परिवारवादको आरोप लगाएर अपमान गरिएको बताएका छन् ।

आइतबार राती जनता टेलिभिजनसँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले जनयुद्धमा होमिएको आफ्नो परिवारमाथि गलत आरोप लगाएको बताए ।

‘मैले कसैलाई धोका दिएको छैन् । मेरो नेचर कसैलाई धोका दिने हुँदै होइन । म बच्चै देखि भावनात्मक हो तर, धोका दिने मेरो नेचर होइन । परिवारवाद भनेको नेपालमा म माथि निकै ठूलो अन्याय भएको छ भन्ने लाग्छ’, उनले भने, ‘आन्दोलदनको बेलामा परिवारका सबै सदस्या छोराछोरी श्रीमती । प्रकाश बन्दुक बोकेर युद्ध लडेको नदेख्ने अनि उसलाई कुनै एउटा जिम्मेवारी दियो भने परिवारवाद भन्ने कुरा कति भद्दा, अनैतिक र कति अन्यायपूर्ण छ ।’

त्यस्तै उनले रेणु दाहालको विषयमा आएका गलत टिप्पणी भएको बताए । उनले जनयुद्ध लडेको व्यक्तिले अवसर पाउँदा परिवारवाद भनेर प्रचार गर्नु दुःखद भएको टिप्पणी गरे ।

‘रेणु (रेणु दाहाल) इण्डियाभरी महिला संगठन बनाएर जनयुद्धको पक्षमा प्रचार गरेर हिँड्ने नेता अनि जनयुद्धको पछिल्लो चरणमा आउँदा रोल्पा रुकुम जस्ता ठाउँमा गएर नेतृत्व गर्ने एउटा कार्यकर्ता अनि अहिले चुना लड्न जाँदा चाँही परिवारवाद’, उनले भने, ‘बिना (बिना मगर )कै कुरा गरेर परिवारवाद भने । बिना २७ महिना भैरवनाथ गणमा जिवन मरणको लडाई लड्ने त्यो चाँही हेर्दै नहेर्ने । जनयुद्धकै कराण छोरी र छोरो गुमाउनुको पीडा ममा छँदै । अझै परिवारवाद भनेर तल्लोस्तरको टिप्पणी लाग्छ ।’

अध्यक्ष प्रचण्डले बाबुराम भट्टराई, मोहन वैध किरण, नेत्रविक्रम चन्द विप्लवलाई आफूले धोका नदिएको बताएका छन् । उनले तीन जना नेता आफूखुशी पार्टी छोडेर हिँडेको बताएका छन् ।

‘मेरो कारणले उहाँहरु जानुभयो कि उहाँहरुको कारणले जानुभयो भन्ने कुरा इतिहास र जनताले हिसाब गर्लान । उहाँहरु पनि आज एकताको प्रक्रियामा आउनुपर्छ । किरणजी, बाबुरामजी र विप्लव पनि एकताको प्रक्रियामा आउनुपर्छ र मात्रै यो देशले समाजवादतिरको यात्रा अगाडि बढाउन सक्छ भनिरहेको छु’, उनले भने, ‘किरणजी विधि कारणले छोडेर जानुभयो । बाबुराम जी जानुभो ।’

अध्यक्ष प्रचण्डले तीन जना नेता जनयुद्धको जस आफ्नो टाउकोमा थोपरेर जिम्मेवारीबाट पन्छिएको आरोप लगाए । उनले माओवादी आन्दोलन, शािन्त प्रक्रिया, सत्य निरुपणलगायतका विषयको जस आफैंले लिनुपरेको बताए ।

‘मलाई लाग्छ माओवादी आन्दोलन, शान्ति प्रक्रियाको सत्यनिरुपण इत्यादि सबै विषयको भारी मेरो टाउकोमा बोक्नु परेको फिल भएको छ । मैले त्यो सबै बोक्नु परेको छ’, अध्यक्ष प्रचण्डले भने, ‘किरणजी, बाबुरामजीको जिम्मा पनि मैले लिएको जस्तो लाग्छ । विप्लवजी कहाँ हुनुहन्छ भूमिगत उहाँको जिम्मा पनि मैले लिएको जस्तो लाग्छ । म हृदय देखि उहाँहरु चाहिन्छ भनिरहेको छु । उहाँको योग्यता क्षमता जोड्नुपर्छ ।’

प्रकाशक:

स्मार्ट मल्टीपर्पोज कम्पनी प्रा.लि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१

ईमेलः smartsanchar78@gmail.com

सूचना विभाग दर्ता नं. ३२२१/२०७८-०७९

संचालक: सबिन गोदार

हाम्रो बारेमा:

सम्पादकः हिम प्रसाद सुवेदी

सह-सम्पादक / व्यवस्थापक : पुजन थापा

बिज्ञापनको लागि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१