नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: कुलमान कुलमान घिसिङ नै नियुक्त!

  • Nepal24Live
  • भदौ २९, २०७७

काठमाडौँ, २९ भदौ । कुलमान घिसिङको नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा दोस्रो कार्यकालका लागि नियुक्ति हुने भएका छन ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई फेरि नियुक्त गर्ने प्रस्ताव तयार पारेको छ ।

मन्त्रालयका अनुसार आजै वा भोलि उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाउने र मन्त्रिपरिषद बैठकमा पेस गर्ने तयारी भएको बताइएको छ । उक्त प्रस्ताव ऊर्जामन्त्री वर्षमान पुनले मन्त्रिपरिषदमा लैजाने तयारी गरेको बताइएको छ ।

पार्टीका अध्यक्षद्व प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कुलमानलाई नै प्राधिकरणको पुनः जिम्मेवारी दिने सहमति भइसकेको स्रोतले जनाएको छ । त्यसैअनुसार मन्त्री पुनले प्रस्ताव तयार पारेका हुन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्री पुनले लगेकै प्रस्तावमा ओलीको समर्थन रहनेछ ।

अब बस्ने मन्त्रिपरिषदले कुलमानको पुनर्नियुक्तिको निर्णय गर्नेछ ।

कुलमानको आजै आफ्नो ४ वर्षे कार्यकाल सकिँदैछ । उनले आफू पुनः अर्काे कार्यकालका लागि इच्छुक भएको बताएका छन् भने जनस्तरबाट उनको व्यापक समर्थन रहेको छ ।

प्रकाशक:

स्मार्ट मल्टीपर्पोज कम्पनी प्रा.लि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१

ईमेलः smartsanchar78@gmail.com

सूचना विभाग दर्ता नं. ३२२१/२०७८-०७९

संचालक: सबिन गोदार

हाम्रो बारेमा:

सम्पादकः हिम प्रसाद सुवेदी

सह-सम्पादक / व्यवस्थापक : पुजन थापा

बिज्ञापनको लागि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१