८ पुस, बिरगञ्जः पर्साको जगरनाथपुर गाउँपालिकाको कार्यालय उद्घाटन कार्यक्रम गाउँपालिकाकी उपाध्यक्षसहित २६ जना जनप्रतिनीधिहरुले बहिस्कार गरेका छन् । गाउँपालिकाको भवन निर्माणमा आर्थिक अनियमितता गरेको आरोप लगाउँदै उपाध्यक्ष बिसमिल्लाह खातुनसहित २६ जना जनप्रतिनीधिहरुले सो कार्यक्रम बहिष्कार गरेका हुन्।
बुधवार बसेको बैठकले कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको हो । कार्यालय उद्घाटन कार्यक्रममा गाउँपालिकाकै उपाध्यक्षलाई समेत जानकारी नगराइएको र आफूले अरुलाई पठाएको निमन्त्रणा कार्डबाट थाहा पाएको उपाध्यक्ष खातुनको भनाई छ । कार्यालय उद्घाटन कार्यक्रम सर्वसंवत रुपमा छलफल नै नगरी मनोमानी ढंगले गर्न खोजेको भन्दै कार्यक्रममा कोही पनि उपस्थित नहुने निर्णय गरेको बैठकमा सहभागी वडा नम्बर ३ का वडाअध्यक्ष नगीना राउत अहिरले बताए ।
नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज सो कार्यालय उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । स्रोतकाअनुसार उक्त कार्यक्रमकै लागि गाउँपालिकाभित्रका विद्यालय बन्द गरेर शिक्षक, विद्यार्थी तथा अभिभावकलाई पनि कार्यक्रममा उपस्थित हुन गाउँपालिकाको शिक्षा शाखाले निर्देशन जारी गरेको भन्दै यसको सर्वत्र विरोध भइरहेको छ ।
उपाध्यक्ष खातुनसहित वडा नम्बर २ का वडाअध्यक्ष प्रभु प्रसाद कुर्मी, वडा नम्बर ३ का वडाअध्यक्ष नगीना राउत अहिर, वडा नम्ब्र ५ का वडाअध्यक्ष बिहारी महतो नुनिया, कार्यपालिका, सदस्य, वडा सदस्य लगायत २६ जना जनप्रतिनीधिहरुले उक्त कार्यक्रम बहिस्कार गरेका हुन् । रासस
प्रकाशक:
स्मार्ट मल्टीपर्पोज कम्पनी प्रा.लि
फोन :- ०५६५१५८५३
मोबाइल नं. : ९८४३६२३६४१
ईमेलः smartsanchar78@gmail.com
सूचना विभाग दर्ता नं. ३२२१/२०७८-०७९
संचालक: सबिन गोदार
हाम्रो बारेमा:
सम्पादकः हिम प्रसाद सुवेदी
सह-सम्पादक / व्यवस्थापक : पुजन थापा
बिज्ञापनको लागि
फोन :- ०५६५१५८५३
मोबाइल नं. : ९८४३६२३६४१