मेयर बालेनको अनुरोध : अदालतको आदेशलाई महानगरको निर्देशन भनेर भ्रम नछर्नुहोला

  • भदौ १०, २०८१

मेयर बालेनको अनुरोध : अदालतको आदेशलाई महानगरको निर्देशन भनेर भ्रम नछर्नुहोला

काठमाडौँ / काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अदालतको आदेशलाई महानगरको निर्णय भनेर भ्रम नछर्न अनुरोध गरेका छन्।

आज मात्रै नेकपा एमालेको एक टोलीले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर अदालतको आदेशबारे ध्यानाकर्षण बुझाएको थियो।

मेयर बालेनले त्यही घटनालाई ‌इंकित गर्दै सामाजिक सञ्जालमार्फत भ्रम छरेको बताएका हुन्।

एमालेले अदालतका कारण काठमाडौँका नदीमा दायाँबायाँ छोड्न निर्धारण गरिएको भन्दा अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने अदालती निर्णयको पुनरावलोकन गर्न ओलीसँग अनुरोध गरेको थियो।

‘सर्वोच्च अदालतको आदेश आए पछि हामी काठमाडौँ महानगरले सो आदेशलाई सुचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचा को २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ। त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन।’ बालेनले भनेका छन्,’कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन आफ्नो कान छाम्ने हो।’

मेयर शाहको स्ट्याटस जस्ताको त्यस्तै, 

कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन आफ्नो कान छाम्ने हो ।
सर्वोच्च अदालतको आदेश आए पछि हामी काठमाडौँ महानगरले सो आदेशलाई सुचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचा को २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ। त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन । अदालतको आदेश अनुसार जनताले आफ्नो जग्गा उपभोग गर्न बाट रोकेको छैन भने नेपाल सरकारले चाहेमा मुआब्जा दिएरमात्र जग्गा अधिग्रहण गर्न सक्ने छ ।
अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरुले जनता माझ भ्रम नछर्नु होला ।

प्रकाशक:

स्मार्ट मल्टीपर्पोज कम्पनी प्रा.लि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१

ईमेलः smartsanchar78@gmail.com

सूचना विभाग दर्ता नं. ३२२१/२०७८-०७९

संचालक: सबिन गोदार

हाम्रो बारेमा:

सम्पादकः हिम प्रसाद सुवेदी

सह-सम्पादक / व्यवस्थापक : पुजन थापा

बिज्ञापनको लागि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१