रविको केसमा जोडिएपछि मेरो जिन्दगी डामाडोल भयाे :सुप्रिम सहकारीकी कर्मचारी

  • भदौ ०९, २०८१

काठमाडाैँ,९ भदौ: सुप्रिम सहकारीकी कर्मचारी रोशनी गुरुङले रास्वपाका सभापति रबि लामिछानेसँग नाम जोडिएपछि आफू बर्वाद बनेको बताएकी छन् ।

एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको सहकारी छानविन संसदीय समितिमा बयान दिन पुगेकीगुरुङले यस्तो बताएकी हुन। गुरुङ सहकारी ठगी प्रकरणमा जेलमा रहेकी छन् ।

समितिमा बयान दिने क्रममा सुप्रिम सहकारीका कर्मचारी गुरुङले आफूलाई व्यवस्थापकले फसाएको र‘डकुमेन्ट बिनै रवि लामिछानेको नाममा चेक साट्नाले आफ्नो जिन्दगी नै बरबाद भयो,’ बयानमा गुरुङले भनेकी छन्, ‘रविको केसमा जोडिएपछि मेरो जिन्दगी डामाडोल भएको छ । मेरो जिन्दगी बिग्रियो ।’

उहाँले बयानको क्रममा आफूले सहकारीका ब्यवस्थापकले अह्राएको काम गर्दा फसेको पनि बताएकी छन् ।‘रविको नाममा डकुमेन्ट नहुँदा पनि भौचर कसरी साट्ने भनेर मैले भने । तर मलाई व्यवस्थापकले जे अह्राएको छ, त्यो गरेर ल्याउनु भनेपछि म कामदारको हैसियतमा चेक साट्न गएको हो‚’ गुरुङको भनाई उद्धृत गर्दै समितिका एक सदस्यले भने ।

  1. बयानकै क्रममा आँसु झर्दै डाँको छाडेर रुएकी गुरुङले एक वर्षदेखि आफू तलब नपाएको र जागिरविहीन भएको दुखेसो समेत गरिन्।

प्रकाशक:

स्मार्ट मल्टीपर्पोज कम्पनी प्रा.लि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१

ईमेलः smartsanchar78@gmail.com

सूचना विभाग दर्ता नं. ३२२१/२०७८-०७९

संचालक: सबिन गोदार

हाम्रो बारेमा:

सम्पादकः हिम प्रसाद सुवेदी

सह-सम्पादक / व्यवस्थापक : पुजन थापा

बिज्ञापनको लागि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१