नेकपा(माओवादी केन्द्र) का युवा नेता तथा कोष तथा आर्थिक विभाग केन्द्रिय सदस्य रमेश पौडेल पर्वतको निर्वाचन क्षेत्र नं १ को (क) बाट प्रदेश शभाको उम्मेदवारी दिने आकांक्षा ब्यक्त गरेका छन्। उनले बुधबार सामाजिक संजालमार्फत उक्त निर्वाचन क्षेत्रबाट पार्टीले टिकट दिए आफूले उम्मेदवारी दिएर विजयी हासिल गर्ने समेत प्रतिबद्धता ब्यक्त गरेका छन् ।
उनले आफूलाई पार्टीले टिकट दिलाए निर्वाचन जित्ने समेत बताए । लामो समयदेखि माओवादी आन्दोलनमा लागेका उनी युवामाझ सरल र सहयोगी स्वभाबले परिचित छन् । आर्थर डाडाखर्क माझकेटर निवासी पौडेल २०६६ सालबाटै विद्यार्थी संगठनमा आबद्ध हुँदै राजनीतिक यात्रा सुरु गरेका हुन् ।
लामो समयदेखि माओवादी आन्दोलनमा लागे र अन्ततः माओवादी आनदोलनबाट प्राप्ते उपलब्धीको रक्षा मूल नेतृत्व अध्यक्ष कमरेड प्रचण्डबाट नै हुन्छ आगामी दिनमा यसको विकास र पार्टीलाई जनताबीच अझ लोकप्रिय बनाउँदै देशको आमुल परिवर्तन र वर्तमान उपलब्धीको वाहक शक्ति माओवादी नै हो भन्ने जनतालाई बोध गराउन उम्मेदवारी दिने आकांक्षा ब्यक्त गरेको हुँ, उनले भने, ‘मेरो उम्मेदवारी पार्टी र जनताको लागि हो ।तर अब माओवादी आन्दोलनका उपलब्धीको रक्षा गर्न हिजोका माओवादी शक्ति एकजुट हुनुपर्छ र माओवादी कमजोर हुँदा प्रतिगामीहरुको चलखेलबढयो त्यसैले त्यसको नेतृत्व प्रचण्डले नै गर्नुपर्छ भनेर म मुलधारमा अध्यक्ष कमरेडलाई सहयोग गर्न उद्धत छु ,पार्टीलाई विजयी गराउन चुनाव लड्ने आकांक्षा ब्यक्त गरेको हु ,मैले टिकट पाए अवस्य पनि जीतलाई सुनिश्चित गर्न सक्षम छु यो मेरो प्रतिबद्धता हो ।’
प्रकाशक:
स्मार्ट मल्टीपर्पोज कम्पनी प्रा.लि
फोन :- ०५६५१५८५३
मोबाइल नं. : ९८४३६२३६४१
ईमेलः smartsanchar78@gmail.com
सूचना विभाग दर्ता नं. ३२२१/२०७८-०७९
संचालक: सबिन गोदार
हाम्रो बारेमा:
सम्पादकः हिम प्रसाद सुवेदी
सह-सम्पादक / व्यवस्थापक : पुजन थापा
बिज्ञापनको लागि
फोन :- ०५६५१५८५३
मोबाइल नं. : ९८४३६२३६४१