जनकपुर ।प्रदेशको नाम र राजधानी पाएसँगै तत्कालीन प्रदेश दुई मा सार्वजनिक बिदा दिइएको छ । सोमबार बसेको प्रदेश सभा बैठकबाट नाम मधेश र स्थायी राजधानी जनकपुरधाम घोषणा भएसँगै उक्त प्रदेशमा बिदा दिइएको हो ।
प्रदेश सभामा नाम र राजधानीको विषयमा सोमबार भएको निर्वाचनमा दुई तिहाई भन्दा बढी मतले पारित भएको हो ।
प्रदेश सभामा सभामुखसहित १०४ जना सांसद भए पनि मतदान प्रक्रियामा ९९ जना सांसदले मात्रै भाग लिएका थिए । प्रदेशको नामा ‘मधेश’ प्रदेशको विषयमा भएको मतदानमा खसेका ९९ मत मध्ये ८० मत पक्षमा परेको छ । त्यसैगरि, प्रदेशको स्थायी राजधानी जनकपुरधामको विषयमा भएको मतदानमा खसेको ९९ मत मध्ये ७८ मत पक्षमा परेको छ ।
मधेश सरकारले नाम र स्थायी राजधानी पाएको खुसियालीमा मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । मधेश सरकारका प्रवक्ता तथा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले सामाजिक सञ्जाल फेसबुकमा प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम भएकाले मंगलबार प्रदेशभरी सार्वजनिक बिदा दिइएको जानकारी दिए ।
प्रकाशक:
स्मार्ट मल्टीपर्पोज कम्पनी प्रा.लि
फोन :- ०५६५१५८५३
मोबाइल नं. : ९८४३६२३६४१
ईमेलः smartsanchar78@gmail.com
सूचना विभाग दर्ता नं. ३२२१/२०७८-०७९
संचालक: सबिन गोदार
हाम्रो बारेमा:
सम्पादकः हिम प्रसाद सुवेदी
सह-सम्पादक / व्यवस्थापक : पुजन थापा
बिज्ञापनको लागि
फोन :- ०५६५१५८५३
मोबाइल नं. : ९८४३६२३६४१